संगालोखबर


विराटनगर । मोरङको बेलबारी नगरपालिका-३ मा बस र बोलेरो ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको बाहुनी घर भएका बोलेरो चालक ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।

हिजो साँझ पूर्वबाट पश्चिम आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको प्र १-०२-००१ ज ४२७७ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थापाको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!