संगालोखबर

विराटनगर । चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहज र सुरक्षित तरिकाले यात्रुहरू गन्तव्यमा पुग्न सकुन् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।

Advertisement

आज विराटनगर बसपार्क स्थित सहायता कक्षको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङको उपस्थितिमा उद्‌घाटन गरिएको छ ।

चाडपर्वको समयमा मानिसहरूको आवत-जावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरूमा यात्रु सहायता कक्षको स्थापना गरिएको खापुङले बताए ।

१४ वटै जिल्लाका बसपार्क तथा यात्रुहरूको चाप बढी हुने स्थानमा विगतका वर्षहरूमा जस्तै सहायता कक्षको स्थापना गरिएको खापुङले उल्लेख गरे ।

यात्राका क्रममा असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सकिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!