संगालोखबर


विराटनगर । विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि पाइपलाइन परीक्षणको काम सुरु गरिएको छ । विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका लागि दुई/तीन पिस पाइप बिछ्‌याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ ।

Advertisement

सबै परीक्षण पूरा गरेपछि मात्रै औपचारिक रूपमा पाइपलाइन विस्तार गरिने कर्णले बताए । परियोजनाको काम चाँडै सम्पन्न गरेर वडाबासीलाई शुद्ध पानी वितरण गर्न आतुर रहेको वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले बताए ।

विराटनगरमा खानेपानी संस्थान अन्तर्गत भइरहेका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्याङ्की, पाइपलाइन र फिल्टरहरू थप गर्ने योजना अनुसार काम सुरु भएको हो ।

जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । परियोजनाको लागत २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । खानेपानी आयोजना सम्पन्न पश्चात एक लाख बढी महानगरबासी लाभान्वित हुनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!