संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन गर्ने सरकारको तयारी छ ।

हिजो कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो । जसअनुसार आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन हुने भएको हो ।

Advertisement

कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरे अनुसार कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!