संगालोखबर


विराटनगर । अविरल वर्षाका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति भएको भन्दै यसको सामनामा जुट्न नेकपा एमाले कोशी प्रदेश कमिटीले अपिल गरेको छ ।

कमिटी अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न तीनै तहको सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र निजी क्षेत्रलाई आग्रह गरिएको छ ।

Advertisement

चाडपर्वको मुखमा पहिरोका कारण यातायात अवरुद्ध भएकाले तत्काल सडक सुचारु गर्दै घाइतेको उपचार, बेपत्ताको खोजी र मृतकका परिवारलाई राहत व्यवस्थापन गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!