संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर बिष्टले बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य  जारी गर्दै सभामुख विष्टले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।

विपद् कुनै क्षेत्रविशेष समस्या नभएर सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गर्दै सभामुख विष्टले राहत, उद्धार र पुर्नस्थापनाको लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

Advertisement

शोक वक्तव्यमा भनिएको छ, ‘यस दुःखद घडीमा पीडितहरूको पुनर्स्थापना तथा राहतका लागि सबै जनसमुदाय, सङ्घसंस्था, राजनैतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई आवश्यक सहयोग र सहकार्यका लागि आह्वान गर्दछु ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!