संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरो र डुबानमा परेर १४ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि हालसम्म १४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर आठ जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । इलाममा एक, पाँचथरमा पाँच, धनकुटामा दुई, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको हो ।

Advertisement

पाँचथरमा पाँच, धनकुटामा दुई, तेह्रथुममा एक, सङ्खुवासभामा एक, खोटाङमा दुई, ओखलढुङ्गामा एक र सोलुखुम्बुमा एक जना गरेर १३ जना घाइते भएका छन् ।

यसैगरी पहिरोमा पुरिएर चार जना र खोलाले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापामा दुई, मोरङमा एक जना गरेर आठ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट कोशीमा पाँच सय ४२ घरपरिवार प्रभावित भएका छन् । बाढीले १३ स्थानको पुल तथा कल्भर्टमा क्षति पुर्‍याएको छ भने ५९ वटा बाटो अवरोध भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!