संगालोखबर
फाइल तस्बिर

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढी र डुबानका कारण विराटनगरसहित मोरङका विभिन्न स्थानमा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका एक सय बढी परिवार विस्थापित भएका हुन् ।

रंगेली नगरपालिका-२ लक्ष्मीपुरमा १६ र रंगेली नगरपालिका–९ मा २२ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका-१ मा पनि बाढीका कारण केही घर परिवार बिस्थापित भएका छन् । सिङ्घिया खोलामा आएको बाढीका कारण उनीहरू विस्थापित भएका हुन् ।

Advertisement

जहदा गाउँपालिका-१ धुनी टोलमा २५ घर परिवार डुबानका कारण बिस्थापित भएका छन् । यसैगरी धनपालथान गाउँपालिका-३ बेतौना टोलका २४ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!