संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङको रतुवामाईमा खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छिन् । आज दिउँसो वृद्धालाई रतुवा खोलाले बगाएको सूचना आएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होम प्रसाद अधिकारीले जानकारी दिए ।

रतुवामाई-७ सिजुवाकी ७२ वर्षीया डुरोदेवी राजवंशीलाई खोलाले बगाएको भनेर लिखित निवेदन आएको अधिकारीले संगालोखबरलाई जानकारी दिए । ‘स्थानीयले बगाएको भनेर खबर गरेका छन्’, अधिकारीले संगालोखबरसँग भने, ‘खोलाले नै बगाएको होकी हैन भन्ने यकिन भइसकेको छैन । तथापि खोजतलासको काम भने भइरहेको छ ।’

Advertisement

मानसिक सन्तुलन ठीक नभएकी वृद्धा अन्य समयमा पनि घरबाट निक्लिएर हिड्ने गरेको खुलेको छ । असोज ९ गते नै वृद्धा घरबाट हिँडेको खुल्न आएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । उनको खोजी कार्य तीब्र पारिएको अधिकारीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!