संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भाव्या इन्टरनेशनल सोरुममा आज दिउँसो आगलागी भएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिदै आएको सोरुममा आगो लागेको हो ।

Advertisement

दिउँसो करिब २ः३० बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

ब्याट्रीहरू पड्किएकाले आगो नियन्त्रणमा समस्या भएको थियो । आगलागीका क्रममा सो क्षेत्रमा सवारी आवतजावत पनि प्रभावित भयो ।

आगलागीको यकिन कारण खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । 

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!