संगालोखबर

विराटनगर । ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका-७ का ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरि फरार भएका २७ वर्षीय रविन राई पक्राउ परेका हुन् । 

Advertisement

उनलाई धनकुटाको मुलघाटबाट आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहालले जानकारी दिए । 

ससुरा चन्द्रबहादुर र ज्वाइँ रविन हत्याको अघिल्लो दिनसम्म एउटै घरमा खाना खाएर बसेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्या पछि भने रविन फरार भएका थिए । उनीहरू दुबै जना ज्यामी काम गर्दै आएका थिए । 

चन्द्रबहादुरको घरेलु  हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा शनिबार बिहान शव फेला परेको थियो । हत्या पश्चात ज्वाइँ रविन फरार भएका थिए । चन्द्रबहादुरको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको शवगृहमा राखिएको छ ।

चन्द्रबहादुरकी पत्नी, छोरा र रविनकी पत्नी वैदेशिक रोजगारीमा छन् । मदिरा सेवनका कारण विवाद उत्पन्न हुँदा घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!