संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चौबिसे गाउँपालिका-६ का ३८ वर्षीय बल बहादुर चेम्जोङको मृत्यु भएको हो ।

हिजो साँझ रवी राँके भेडेटार सडक खण्ड अन्तरगत राजारानीबाट धाराचोक जाँदै गरेको प्र १-०२०-४४ प ८४५० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको को ३१ प ३१९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

Advertisement

दुर्घटनामा प्र १-०२-०४४ प ८४५० नम्बरको मोटरसाइकल चालक चौबिसे गाउँपालिका-६ का २१ वर्षीय भीम लिम्बू समान्य घाइते भएका थिए ।  को ३१ प ३१९६ नम्बरको  मोटरसाइकलको पछाडि बस्ने चौबिसे गाउँपालिका-६ का ३८ वर्षीय चेम्जोङ गम्भिर घाइते भएका थिए ।

दुबै जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा चेम्जोङलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

को ३१ प ३१९६ नम्बरको मोटरसाइकलका चालक चौबिसे गाउँपालिका-६ का ३४ वर्षीय रोशन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!