विराटनगर । कोशी प्रदेशसभाको चालु पाँचौँ अधिवेशन आज राति १२ बजेबाट लागू हुनेगरि अन्त्य भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
सभामुख अम्बरबहादुर बिष्टले प्रदेशसभाको अधिवेशनको २१ औं बैठकमा आज प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाए ।