संगालोखबर


विराटनगर । लघुवित्त वित्तीय संस्था माथि राजनीतिक हस्तक्षेप रोक्नुपर्ने आवाज उठेको छ । संविधान दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रभातफेरीमा लघुवित्तका सदस्यहरूले आवाज उठाएका हुन् ।

प्रभातफेरीमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्ट लगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरता सहित लघुवित्त संरक्षण गर्न माग गरेका हुन् ।

Advertisement

लघुवित्त सदस्यहरूले ‘लघुवित्त हाम्रो घर हो, घर भाँड्न पाइदैन, लघुवित्तलाई संरक्षण गर, लघुवित्त माथिको राजनीतिक हस्तक्षेप बन्द गर’ लगायतका प्ले कार्डसहित प्रभातफेरीमा सहभागी भएका थिए ।

लघुवित्त माथि भइरहेको अनावश्यक हस्तक्षेप रोक्नका लागि आग्रहसहित प्रभातफेरीमा सहभागिता जनाएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रवक्ता सुदीप मण्डलले बताए ।

विराटनगरको आदर्श स्कुलबाट सुरु भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोकबाट मेनरोड हुँदै गोल्छा चोकबाट डाँफे चोकहुँदै आदर्श स्कुलमा नै पुगेर समापन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!