संगालोखबर
फाइल तस्वीर

विराटनगर । युवा उद्यमी मञ्च विराटनगरले आज ‘बैंक एडिसन’ फुटसल प्रतियोगिता गर्ने भएको छ । बैंकसहित बीमा कम्पनीका कर्मचारीहरूको पनि सहभागितामा प्रतियोगिता गर्न लागिएको हो ।

विराटनगर–९ स्थित जेएनएल फुटसल मैदानमा बिहान ११ बजेबाट प्रतियोगिता सुरु हुने युवा उद्यमी मञ्चका उपाध्यक्ष रोमन कटेलले जानकारी दिए । युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष एवं नेपाल खेलकुद महासङ्घका मनोजविक्रम शाहले प्रतियोगिता उद्‌घाटन गर्दैछन् ।

Advertisement

प्रतियोगितामा १३ वटा बैंक र दुई वटा विमा कम्पनीका कर्मचारीहरू सहभागि हुनेछन् । आगामी शनिवार सम्पन्न हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिताका संयोजक क्षितिज थापा मगरले जानकारी दिए । उनका अनुसार उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई पनि जनही पाँच/पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

विजेता टिमका सबै खेलाडीलाई खेल अवधिभरका लागि पाँच/पाँच लाख बराबरको दुर्घटना बीमाको पनि व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!