संगालोखबर

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

Advertisement

मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि दलका तर्फबाट बोल्दै गणेश उप्रेतीले भ्रष्टहरूद्वारा बनेको सरकारलाई विश्वासको मत दिन नसकिने बताए ।

अहिले निर्मित केन्द्र र प्रदेश सरकार नै भ्रष्ट रहेको उनले उल्लेख गरे । उनले भने, ‘यो भ्रष्टहरूद्वारा निर्मित सरकार हो । जनताद्वारा निर्मित सरकार हैन । हाम्रो तर्फबाट विश्वासको मत दिन सकिँदैन ।’

उनले कोशी प्रदेश सरकारमा सहभागि भएर पनि दुई दलबीच द्वन्द्व देखिनु गलत भएको उल्लेख गरे । उनले भने, ‘तपाईँहरू आफैँ झगडिया हुनुहुन्छ । कोही अनशन बस्नुहुन्छ । कोही सरकारमा सहभागि हुनुहुन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!