संगालोखबर


विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।

मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै दलका नेता भक्ती सिटौलाले विश्वासको मत नदिने बताएका हुन् ।

Advertisement

उनले भने, ‘कोशी प्रदेशमा विश्वासको मतका लागि मात्र सांसद भएर आएजस्तो लाग्छ । यो लाजमर्दो कुरा हो । हामीले हाम्रो औचित्यता नै प्रस्तुत गर्न सकेका छैनौँ ।’

सरकारका रचनात्मक क्रियाकलापलाई सँधै साथ दिने उनले बताए । पक्षमा भने मत दिन नसक्ने सिटौलाले उल्लेख गरे । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!