संगालोखबर


विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान नगर्ने भएको छ । नेकपा एस संसदीय दलका नेता राजेन्द्र कुमार राईले आफूहरू तटस्थ बस्ने बताएका हुन् । 

प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै विगतमा आफूहरूले दिएको मतको कुनै औचित्य नभएको उनले बताए ।

Advertisement

उनले भने, ‘हामीले यो भन्दा अगाडि पनि विश्वासको मत दिएका थियौँ । तर विश्वासको मत उहाँहरूलाई चाहिएको आभास नै भएन । विश्वासको मत दिदाँ उहाँहरू रिसाउने देखेको छु ।’

हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कुनै पनि कार्यमा आफ्नो पार्टीसँग सहकार्य नगरेको भन्दै उनले गुनासो पोखे । उनले सभामुखको भूमिका पनि चित्तबुझ्दो नभएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!