संगालोखबर


इटहरी । इटहरी उपमहानगरपालिकाले आजबाट चारवटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । इटहरीका चार वटै क्षेत्रलाई समेटेर नगर बस सञ्चालनमा ल्याइएको हो ।

नगरबस सञ्चालनमा आएसँगै नगरवासीले सहुलियत भाडादरमा नगरक्षेत्रभित्र यात्रा गर्न पाउने भएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बसको उद्‌घाटन गर्दै चारवटै क्षेत्रलाई समेटेर रुट तयार पारिएको जानकारी दिए ।

Advertisement

बिहान ७ देखि ११ बजेसम्म र अपराह्‍न २ देखि साँझ ७ बजेसम्म नियमित बस सञ्चालन हुनेछन् । तत्कालका लागि २० रुपैयाँ भाडादर तोकिएको छ ।

गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले नगरबस खरिद गरेको थियो । बस अपाङ्गमैत्री र सुविधासम्पन्न छन् ।

यता विराटनगर महानगरपालिकामा पनि बेलाबेला नगरबसको चर्चा चल्छ । २०७९ फागुनमा रुट परीक्षण गरेर महानगरले १९ वटै वटामा नगरबस चलाउने भन्दै प्रचार गरेको थियो ।

तर अहिलेसम्म पनि अत्तोपत्तो छैन । गत भदौ २७ गते महानगरका मेयर नागेश कोइरालाले दशैँ अगाडि चारवटा नगरबस सञ्चालन गरेरै छाड्ने उद्घोष गरेका छन् ।

नेकपा एमाले मोरङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा उनले विभिन्न कारणले नगरबस ल्याउन ढिलाइ भएको तर दशैँ अगाडि सञ्चालन गरेरै छाड्ने दाबी गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!