संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रो पटक विश्वासको मत लिदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काङ्ग्रेस सहभागी छ । संविधानको धारा १६८ (५) अनुसार गत बैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कार्कीले पहिलो पटक गत बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

Advertisement

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० सांसद छन् भने काङ्ग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!