संगालोखबर


विराटनगर । विराटनगरमा एक सय ८९ किलो गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो विहान र बेलुका कार र स्कारपियो गाडीबाट गाँजा बरामद गरेको हो ।

हिजो राति विराटनगर-१७ मण्ठापोखरीबाट को २ च ७५९ नम्बरको स्कारपियोबाट एक सय ४६ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । संकास्पद अवस्थामा देखेपछि प्रहरीले स्कारपियोमा चेकजाँच गरेको थियो ।

Advertisement

गाडी चालक सुनसरी धरान–१७ का ४५ वर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ वर्षीय देवराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यसैगरी हिजो बिहान विराटनगर-१५ बाट बा ८ च ७८८० नम्बरको कारबाट ४३ किलो गाँजासहित २ जना पक्राउ परेका थिए । कार चालक विराटनगर-१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार रहेका विराटनगर-१३ का २२ वर्षीय रोजेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!