संगालोखबर
साङ्केतिक तस्विर  

विराटनगर । मोरङको जहदा गाउँपालिका-२ मा विषालु सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । आज बिहानको राति पिसाब फेर्न घरबाट बाहिर निक्लिएकी बिजु मुर्मूकी ८ वर्षकी छोरी चाँद मुर्मूलाई सर्पले डसेको थियो ।

गम्भीर घाइते उनको उपचारका लागि कोशी अस्पताल ल्याउना साथ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!