विराटनगर । कोशी प्रदेश सरकारले असोज २ गते बुधबार झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै करम पुजा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको छ ।
२८ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।