संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोलाबाट चोरीका मोटरसाइकल र स्कुटरसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले हिँजो चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी-३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्त कुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ वर्षीय आयुश विश्वकर्मा रहेका छन् ।

Advertisement

उनीहरूले चोरी गरेको को २६ प ८३७३ र बा ६७ प २४१७ नम्बरको पल्सर मोटरसाइकल साथै को २८ प ७४७१ र को १७ प ९७१८ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ ।

उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!