संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङ र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर-१ का २६ वर्षीय विधान अधिकारी रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।

Advertisement

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका लबिपुरका २६ वर्षीय सायक राईलाई पक्राउ गरेको छ ।

उनलाई रामधुनी नगरपालिका-३ पिप्राहाबाट प्रतिबन्धित लागूऔषध ट्रामाड्रोल ६० क्याप्सुल, स्पास्मो ५० क्याप्सुल र स्पासपेन २१० क्याप्सुल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको बारेमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!