संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले आफ्नै भवनबाट सेवा विस्तार गरेको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले उद्‌घाटन गरेसँगै बोर्डले आफ्नै भवनबाट सेवा बिस्तार गरेको हो ।

मन्त्री राईले बोर्डका सदस्य सचिव तथा बोर्ड सदस्यहरू र कर्मचारीको पहलले बोर्ड नयाँ भवनमा स्थानान्तरण गर्न सकिएको बताए । राईले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी नयाँ भवनबाट सञ्चालन गर्ने समेत बताए ।

Advertisement

खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले अब नयाँ भवनबाट सेवा प्रवाह गर्ने जानकारी दिए । बस्नेतले बोर्डका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको साथ र सहयोगले नयाँ भवनमा कार्यालय स्थानान्तरण गर्न सफल भएको दाबी गरे ।

यसअघि विराटनगर महानगरपालिका शनिहाटस्थित भाडाको भवनबाट सेवा बिस्तार भइरहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!