संगालोखबर

विराटनगर । विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा चार जना सामान्य घाइते भएका छन् । सोमबार साँझ विराटनगर-१३ कोशी प्रोजेक्टमा प्र १-०२-००४ ह ३२८९ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा सिराहा विष्णुपुर गाउँपालिका-१ बस्ने २७ वर्षीय मनोज यादव र १८ वर्षीया मनिषा यादव यादव सामान्य घाइते भएका छन् । उनीहरूको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

यसैगरी विराटनगर-८ बस्ने २७ वर्षीया अनिता साह र विराटनगर-१३ का ६१ वर्षीय सियानन्द यादव घाइते भएका हुन् । उनीहरूको पनि हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि उनीहरूलाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । सफारी चालक बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय विन्दुराज महतोले चलाएको सफारी सीआरभी जतुवाको नियन्त्रणमा छ । चालकको सफारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!