संगालोखबर

विराटनगर । बूढीगंगा–१ पुष्पलाल चोकस्थित राम जानकी मन्दिर परिसरमा सरसफाइ गर्न स्थानीय जुटेका छन् । त्यस क्षेत्रमा रामजानकी पार्क बनाउन २१ सदस्यीय समिति गठन गरेर स्थानीय सरसफाइमा जुटेका हुन् ।

Advertisement

प्रत्येक शनिबार सरसफाइमा जुट्ने उनीहरूले सुवास बाराकोटीको अध्यक्षतामा समिति गठन गरेका छन् । समितिको उपाध्यक्षमा नारायण कटुवाल, सचिवमा प्रमोद ढकाल, सह–सचिवमा लावण्यप्रसाद घिमिरे र कोषाध्यक्षमा कौशल कटेल छन् ।

स्थानीय भोजराज जमरकट्टेलका अनुसार मन्दिर परिसर झाडीमा परिणत भएपछि सरसफाइ थालिएको हो । रामजानकी पार्क बनाउनका लागि विभिन्न मन्त्रालय र वडामा पहल गरिरहेको उनले बताए ।

त्यस क्षेत्रमा भएका रुखमा चुना लगाउने काम सकिएको र फलैँचा बनाउन आर्थिक सहयोग जुटाइरहेको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!