संगालोखबर

विराटनगर । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) कोशी अध्यक्षमा मुनन रिजाल निर्वाचित भएका छन् । मञ्चको प्रथम साधारणसभाबाट रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

साधारणसभाबाट मञ्च कार्यसमितिको लर्निङ चेयरमा सुशन प्रधान, को–लर्निङ चेयरमा विशाल अग्रवाल, मेम्बरसिप चेयरमा शरद जोशी र को–मेम्बरसिप चेयरमा कुनाल साह निर्वाचित भएका छन् ।

त्यस्तै, स्टार्ट–अप चेयरमा रजत साहेवाला, फाइनान्स चेयरमा केशव राठी, मिडिया एण्ड कम्युनिकेसन चेयरमा अश्विनी गोल्छा र एक्जिक्युटिभ चेयरमा सोनाम छिरिङ शेर्पा निर्वाचित भएका नेपाल उद्योग परिसङ्घका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!