संगालोखबर

विराटनगर । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ ।

Advertisement

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेशमा ८ जना, बागमतीमा ३२ जना, गण्डकीमा ५५ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १८१ जनाको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २२९ जना घाइते भएको नेपाल प्रहरीको मुख्यालयले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ११३ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना बेपत्ता भएका छन् ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!