संगालोखबर

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले समाज परिवर्तनका लागि स्वच्छ राजनीतिको आवश्यकता पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संगालोखबरसँगको कुराकानीमा उपाध्यक्ष बरालले यस्तो बताएका हुन् ।

Advertisement

राजनीतिसँग जनता असन्तुष्ट नभएको बताउँदै उनले भने, ‘नागरिकको भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि हो । जसरी प्रकृतिमा स्वच्छ हावाको आवश्यकता पर्दछ । समाज परिवर्तनका लागि स्वच्छ राजनीतिको आवश्यकता छ ।’ राजनीतिलाई सही मार्गमा हिँडाउने कुरामा भएको कमी कमजोरी हटाउन अहिलेको संयुक्त सरकारले कृत सङ्कल्प गरेको उनले उल्लेख गरे ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अतिरञ्जनापूर्ण व्याख्या गरिएको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘कुलमान घिसिङ एउटा पात्र हुनुहुन्छ । अहिले प्राधिकरणमा ग्राहक र आम्दानी बढेको छ । सिङ्गो प्राधिकरणमा कुलमानको पनि भूमिका छ । कुलमानको उपलब्धिको रूपमा अतिरञ्जनापूर्ण व्याख्या गरिएको छ । त्यो व्याख्या उपयुक्त हैन ।’

विद्युत प्राधिकरणलाई सही मार्गमा हिँडाउनका लागि केही पद्धति आवश्यक पर्ने उनले बताए । उनले भने, ‘अहिले समय परिवर्तन भएको छ । एउटा घरमा लाइन काट्नु भनेको धेरै कुराको हानी नोक्सानी हुनु पनि हो । उद्योगका लागि पनि विद्युत अनिवार्य हो । एउटा उद्योग बन्द हुनु भनेको बेरोजगारी बढ्नु साथै धेरै कुरामा नोक्सानी हुनु हो ।’

प्राधिकरणले उद्योगको विद्युत काट्नु गलत भएको उनले बताए । ‘असुलीको प्रक्रिया छ’, उनले भने, ‘ठूलो लगानी गरेर उद्योग सञ्चालन भएका हुन्छन् । सिधै गएर लाइन काट्नु भनेको गलत हो । विद्युत नकाटी असुलीको प्रक्रियामा जानुपर्छ भन्ने हो ।’

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!