संगालोखबर

विराटनगर । कोशी प्रदेश सहित आज सातैवटा प्रदेशमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मुलुकका सबै क्षेत्रमा यसको असर देखिने भएको हो ।

Advertisement

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।


लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!