काठमाडौं, २६ भदौ। सुत्रिन्त्रादेवी पासवान नगराइन नगरपालिका वडा नम्बर १ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी छन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरदैलो गर्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने थाहा छैन ।

Advertisement

सँगैका अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफूले जित्ने भनेर मतदातालाई सम्झाइरहँदा पासवान ‘म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है’ भन्दैै मतदातालाई आग्रह गर्छिन् ।

मतदातामाझ भेटिएकी उनीसँग जिज्ञासा राख्दा उनले चुनाव लडेको वडा र मतदान गर्ने सही तरिका बताउन सकिनन् ।

सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनवित्र छिन् ।

सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवारी दिएकी माओवादीकै हीरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!