संगालोखबर संवाददाता

एजेन्सी । घरेलु जनावरहरुलाई त हामी सबैले पाल्ने गरेका छौ । सँगै बसेपछि उ पनि परिवारको सदस्य जस्तै नै बन्ने गर्दछ । तर, भारतमा भने अनौठो किसिमको घटना घटेको छ ।

Advertisement

जहाँ एउटी युवतीको कुकुरसँगको पिरतीले बैवाहिक सम्वन्ध टुटेको छ । घरपालुवा जनावरसँगको बढी लगावले गर्दा यो सम्वन्ध टुटेको हो ।

भारतकी एक युवती करिश्मा वालिया अहिले यस्तै सम्वन्ध टुटेको घटनाले चर्चामा रहेकी छिन् । उनले कुकुरलाई यति धेरै माया गर्थिन कि उनी बिवाह पश्चात पनि घरमै लान चाहन्थिन तर उसको हुनेवाला श्रीमानलाई यो कुरा मञ्जुर थिएन यसका कारण आज उनीहरुको ब्रेक अप भएको छ ।

अहिले उनले आफ्नो प्रेमीसँग भएको कुराकानी स्न्यापकट गरेर पोष्ट गरेपछि यो समाचार जताततै भाइरल बनेको छ । उनीहरुको बिचको कुराकानीमा उनले आफ्नो डगीलाई छोड्न नचाहेको बताएकी छिन भने केटाले भने यदि डगी छोड्न नचाहने हो भने डगीसँगै विवाह गर भनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement