संगालोखबर संवाददाता

सप्तरी। सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ ।

Advertisement

इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो ।

सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन्न चिकित्सकले बिरामीको जाँचका साथै निःशुल्क औषधिसमेत प्रदान गरेका थिए ।-रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement