रबिन कटेल
तस्बीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ धनकुटाले टुँडिखेलमा ११ दिने महोत्सव आयोजना गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सव उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले धनकुटाको पर्यटन, कृषि, उद्योग, व्यापार लगायत समग्र क्षेत्रको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले धनकुटासहित समग्र मुलुकको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न गर्ने उल्लेख गरे ।

Advertisement

कार्यक्रममा पूर्व राज्यमन्त्री धनमायाँ विक, प्रदेश सभा सदस्यद्वय इन्द्रमणि पराजुली र निरन राई, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, नेपाली कांग्रेसका सभापति दिनेश राई लगायतले मन्तव्य राखेका थिए ।

उनीहरुले धनकुटाको समग्र आर्थिक गतिविधि चलायमान बनाउँन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै महोत्सव आयोजना गरेको प्रति आयोजक उद्योग वाणिज्य संघलाई धन्यवाद दिए ।

महोत्सवमा १८२ वटा स्टल राखिएको छ । माघ १६ गतेसम्म सञ्चालन हुने महोत्सवलाई १ लाख भन्दा बढीले अवलोकन गर्ने र पाँच करोड भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम हुँनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement