विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर–४ बरगाछीस्थित सृजना ज्ञानकुञ्ज बोडिङ्ग स्कूलका शिक्षक तेजेन्द्र कर्ण पक्राउ परेका छन् । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बुधबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

सोही विद्यालयमा अध्ययनरत ११ बर्षीया छात्रामाथि शिक्षक कर्णले पटक-पटक दुर्व्यवहार गरेको आरोप छ । होमवर्क नगरेको भन्दै सजाय दिने बहानामा शिक्षक कर्णले पटक-पटक संवेदनसिल अंगमा छुने, चिमोट्ने गरेको पीडित वालिकाले बताएकी छन् । स्केलले हातमा पिप्नु भन्दा पनि नमानी शिक्षक कर्णले त्यस्तो व्यवहार गर्ने गरेको उनको भनाई छ ।

महिनौं अघिदेखि शिक्षकको त्यस्तो व्यवहारका कारण आजित भएकी ती बालिकाले घरमा परिवारका सदस्यलाई सुनाएपछि घटना बाहिरिएको हो । पीडित परिवारले उजुरी दिएपछि स्कूलबाटै शिक्षक कर्णलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!