रबिन कटेल/संगालोखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बत्तिसपुतलीमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्थानीय गौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

गोल्डेन गेट कलेजमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १९३ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १३२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले यसअघि शुक्रवार कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ९६२ जनाको उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement