रबिन कटेल

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–४ बसन्तपुरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टुटेदेउरालीका ३० बर्षीय राम गुरुङ छन् ।

Advertisement

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले ना.४ ख ९२१० नम्वरको यात्रुबहाक बसमा चेकजाँच गर्ने क्रममा बसको बनोटमा लुकाइ राखेको अवस्थामा १ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement