रबिन कटेल

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा बुधवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १६९ जनाको रक्त परीक्षण, १५३ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २५ जनाको दाँत उखेलिएको छ । शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात रोग तथा समस्याका आधारमा उनीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement