रबिन कटेल/संगालोखबर

झापा । झापाको मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ५ सँग सहकार्य गरेर एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Advertisement

स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १९२ जनाको भिडियो एक्सरे, १६७ जनाको रक्त परीक्षण र ७९ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ ।

नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement