संगालोखबर सम्वाददाता

काठमाडौं । काभ्रेको पनौतीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । पनौतीमा लाग्ने ऐतिहासिक १२ बर्षे मकर मेलाको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो ।

Advertisement

पनौती नगरपालिका वडा नं. ६, ७ र ९ को संगमस्थल त्रिवेणी घाटमा एक महिनासम्म मकर मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा विरामीको उपचारका लागि केएमसीका बिशेषज्ञ डाक्टरहरुको टोली खटिएको छ । शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, इसीजी लगायत सेवा निःशुल्क प्रदान गरिदैछ ।

श्रीस्वस्थानीको अवसर पारेर काठमाडौंको साली नदीमा पनि केएमसीले एक महिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!