संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट शिविर सुरु गरेको हो ।

Advertisement

साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर एक महिनासम्म सञ्चालन हुँने केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेष्ट, भिडियो एक्सरे, इसीजी लगायत सेवा निःशुल्क प्रदान गरिदैछ । विरामीको उपचारका लागि केएमसीका बिशेषज्ञ डाक्टरहरुको टोली शिविरमा खटिएको छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तिब्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!