- पत्रपत्रिका खवर

काठमाडौं । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो ।

Advertisement

सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ । अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिए । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ ।

कन्याममा प्राय कुहिरो लागिरहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको माउन्टेन हेलिकप्टरले कन्याम–पाथीभराको प्रतिव्यक्ति भाडादर ३५ हजार तोकेको छ । कन्यामबाट ३५ मिनेटमा पाथीभरा पु¥याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने  जनाएको छ । स्टेसन मेनेजर अधिकारीले भने, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उनले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिए ।

राजमार्ग भएर पाथीभरा पुग्न सवारी निक्कै कठिन पर्ने गरेको छ । ताप्लेजुङको सुकेटार विमान स्थलबाट एक दिनको पैदलयात्रा गरेपछि मात्र पाथीभरा पुग्न सकिन्छ । विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको तिम्बुङपोखरी र ताप्लेजुङको सुकेटार विमान स्थलबाट पनि सोझैं पाथीभरा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

कन्यामबाट पाथीभरा गएको समय बाहेक सो हेलिकप्टरले स्वदेशी पर्यटकको रोजाईमा परेको कन्याम, अन्तु फन फ्लाईटको व्यवस्था मिलाएको छ । कन्यामबाट तीन हजार पाँच सयमा अन्तुसम्मको फन फ्लाईट गराइने स्टेसनम्यानेजर अधिकारीले जानकारी दिए । – यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!