- संगालोखबर सम्वाददाता

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

Advertisement

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै बुधबार प्रतितोता ९० हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मल्य आज ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!