विराटनगर । नेपाली बजारमा आइतवार सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको छ । तेजावी सुनको मूल्य पनि १ हजार ४ सय ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतवार ८९ हजार ५५० रुपैयाँमा कारोवार भइरहेको छ ।
चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार दुई सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।




















