संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९/९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३० महिला र १६६ पुरुषसहित २९६, सुन्दरहरैंचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३/३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा २/२, ग्रामथान, बुढीगंगा र लेटाङमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको विर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बाह्रदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २/२, गौरीगञ्ज र कचनकवलमा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

यता, सुनसरीको इटहरीमा ६८, धरानमा ५४, इनरुवामा ५, हरिनगर, दुहवी र स्थानीय तह नखुलेको ३–३, बर्जुमा २, भोक्राहा नरसिंह, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा १/१ जना संक्रमित भएका छन् । त्यस्तैगरी ताप्लेजुङको फुङलिङमा ५७, मिक्वाखोला र याङवरकमा ६/६, श्रीजंगामा ४, मेरिङदेनमा ५, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ३४, धर्मदेवीमा ९, चैनपुरमा ६, सभापोखरीमा ३, मादी र मकालुमा १/१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १३, नेचासल्यानमा ४, थुलुङ दुधकोशीमा २, महाकुलुङमा १ जनामा संक्रमण भेटिएको हो ।

धनकुटाको धनकुटा नगरपालिकामा ११, छथर जोरपाटीमा ३, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेको १/१, भोजपुरको भोजपुरमा ८, षडानन्दमा १, उदयपुरको त्रियुगामा ७, स्थानीय तह नखुलेका २, इलामको सुर्योदयमा २, माई, रोङ र इलाम नगरपालिकामा १/१, पाँचथर फिदिम, मिक्लाजुङ र स्थानीय तह नखुलेका १/१, तह्रथुमको आठराईमा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । जसमध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् । आज १५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १० हजार ६१४ पुगेको छ । प्रदेश १ मा आज २ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पाजिेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!