विराटनगर । प्रदेश १ मा आज एकैदिन थप ९९३ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२/३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र तेह्रथुममा ६/६, पाँचथर, खोटाङ र १/१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुषसहित ३२२, सुन्दरहरैंचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बुढीगंगामा ११/११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५/५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३/३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९/९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता, झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३/३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बाह्रदशीमा १/१ जनामा संक्रमित थपिएका छन् । त्यस्तैगरी भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५/१५, मादी र मकालुमा १/१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३/३, सुर्योदय र स्थानीय तह नखुलेका २/२, धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथर जोरपाटी गाउँपालिकामा १, तेह्रथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १/१ र प्रदेश १ बाहिरका ४३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० हजार ८१७ पुगेको छ । जसमध्ये ३० हजार ४७० संक्रमणमुक्त भएका छन् । आज ११० जना संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९ हजार ७४७ पुगेको छ । प्रदेश १ मा आज १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएका हो । परीक्षण गरिएका मध्ये ४०७ महिला र ५८६ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।