संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको उदयपुरगढी–७ मा आज बिहान बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।बिहान पौने १२ बजे उदयपुरगढीबाट गाईघाटतर्फ आँउदै गरेको स १ च ९३९ नम्बरको बोलेरो अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

१३ जना सवार रहेको बोलेरो दर्घटना हुँदा उदयपुरगढी–१ का ३७ बर्षीय शिव खत्रीको मृत्यु भएको हो । बोलेरोमा सवार सबै जना घाइते भएका छन् । उपचारका लागि उनीहरुलाई अस्पताल लैजाने क्रममा बाटोमै खत्रीको मृत्यु भएको हो ।

सामान्य घाइते भएकालाई उपचारका लागि जिल्ला अस्पताल र गंभीर घाइतेलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!