
सुनसरी । सुनसरीको दुहबीमा लिफ्टमा चेपिएर एक जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका–८ फुटानी चोकस्थित पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको हो ।
मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा उनको टाउको चेपिएको हो । टाउको चेपिदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।












